
एजेन्सी ।
ओसामा बिन लादेनका छोरा हाम्जा बिन लादेनको मृत्यु भएको बताइएको छ।
अतिवादी मुस्लिम संगठन अलकायदाका संस्थापक बिन लादेनका छोरा हाम्जा मारिएको अमेरिकी अधिकारीहरुले दाबी गरेका छन् ।
अमेरिकी सञ्चारमाध्यमहरुले ३० वर्षीय हाम्जाको मृत्युबारे समाचार प्रकाशन गरेका छन् । तर उनी कुन ठाउँमा कहिले मारिए भन्ने समाचार खुलाइएका छैन्। सन् २०११ मा अमेरिकी सैन्य कारबाहीमा परी ओसामा बिन लादेनको मृत्यु भएको थियो। त्यसपछि हाम्जालाई उनका उत्तराधिकारीका रूपमा हेरिएको थियो।
हाम्जाले अडिओ र भिडिओ सन्देश जारी गर्दै अमेरिकालगायत अरू देशमा आक्रमण गर्ने चेतावनी दिएका थिए।अमेरिकाले हाम्जा कहाँ छन् भन्ने जानकारी दिनेलाई १० लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको थियो।
।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.