www.tandavnews.com
Fact ~ In search of truth

विप्लव कार्यकर्ता झापा जिल्ला सचिवालय सचिव पुष्प अधिकारी रिहा

झापा ।

प्रतिबन्धित नेकपा विप्लव समूहका जिल्ला सचिवालय सचिव पुष्प अधिकारी आगामी दिनमा सो समूहमा नलाग्ने लिखित प्रतिबद्धता जनाएपछि विहीबार रिहा भएका छन् ।

मेचीनगर–१० घर भई हाल विर्तामोड–२ मा बस्दै आएका ४१ वर्षीय अधिकारी २५ दिनअघि काठमाडौँ जान लागेको अवस्थामा पक्राउ परेका थिए ।उनलाई जिल्ला प्रशासन कार्यालय झापाले रिहा गरी परिवारलाई जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

रिहा भएका अधिकारीले अब आफूले स्वतन्त्र जीवन बिताउन चाहेको र विप्लव समूहबाट राजीनामा पहिल्यै दिइसकेको बताए ।उनले विप्लव पार्टीले मे१प ६१० नंको मोटरसाइकल आफ्नो नाममा खरीद गरेको र हाल सो सवारीसाधन पार्टीले नै प्रयोग गरिरहेको बताए ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता श्रेष्ठका अनुसार विप्लव समूहमाथि प्रतिबन्ध लागे यता झापामा १६ उच्च तहका कार्यकर्ता पक्राउ परेको र ती मध्ये ५ जनाले पार्टी परित्याग गरी स्वतन्त्र जीवन बिताउने लिखित प्रतिबद्धता गरेकाले रिहा भइसकेको बताए। (रासस)

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.