
बिनिता सुनार,
ताण्डव न्यूज ।
नेपाली फिल्म ‘जाइरा’ को टिम आज पोखरा आइपुगेको छ । भाद्र ६ गतेदेखि नेपालभर प्रर्दशनमा आउन लागेको फिल्म युनिट प्रचारप्रसारको क्रममा पोखरा आएको हो ।
आशुतोष राज श्रेष्ठले निर्देशन गरेको फिल्ममा नायिका नम्रता श्रेष्ठलाई मार्शल आर्ट खेलाडीको मुख्य भुमिकामा देख्न सकिन्छ । नायिका नम्रताले पछिल्लो क्रममा अभिनय गरेको फिल्म पर्वमा थ्रिलर, प्रसादमा सोसल ड्रामा र जाइरामा मार्शल आर्ट खेलाडीको अभिनयमा देखिएको छ ।
कार्यक्रममा बोल्दै नायिका नम्रता श्रेष्ठले एक्सन फिल्म हेर्न रुचाउने दर्शकहरुलार्य जाइरा फिल्मले मनोरञ्जन दिन सक्ने बताएकी छिन् । ‘यो हाम्रै काठमाडौको कथा हो,’ उनले भनिन, ‘यसमा स्पोर्टस फाइटरको मुख्य भुमिकामा मेरो अभिनय देख्न सकिन्छ ।’
फिल्ममा मिक्स मार्शआर्टको मुख्य भुमिकामा रहेकी नम्रताले जाइरा गर्नु अघि कहिले जीम समेत नगएको बताइन । उनका अनुसार चलचित्रकै लागि ८ महिनाको उनले समेत उनले लिएकी हुन् ।
फिल्ममा नम्रताको गुरुको भुमिकामा प्रस्तुत भएका पोखराका सम्राट मगरले जाइरा फिल्म निकै राम्रो बनेको बताए । उनका अनुसार फिल्ममा नम्रताले एक्सन भुमिकामा आफुलाई ढाल्न सकेकोमा खुसी व्यक्त गरे । फिल्ममा नेगेटिभ भुमिकामा अभिनय गरेका कलाकार प्रमोद अग्रहरीले क्यालेक्टरको लागि आफु कोहिबाट पनि इन्सपायर नभएको जानकारी दिए ।
नम्रता श्रेष्ठको आफ्नै ब्यानरबाट निर्माण भएको फिल्ममा कलाकार नम्रता श्रेष्ठ, अनुप बिक्रम शाही, प्रमोद अग्रहरी, सुजता श्रेष्ठ, सम्राट मगर, सिर्जना रेग्मी लगायत कलाकारले अभिनय गरेका छन् ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.