
काठमाडौं ।
भारतको जयपुरमा आयोजना गरिएको आठौँ एशियाली युथ च्याम्पियनशिप ह्याण्डबल प्रतियोगितामा सहभागी हुन नेपाली महिला टोली आइतबार त्यसतर्फ प्रस्थान गरेको छ ।
बुधबारदेखि सञ्चालन हुने उक्त प्रतियोगितामा सहभागी हुने नेपाली टोलीका खेलाडी तथा प्रशिक्षकलाई नेपाल ह्याण्डबल सङ्घले एक कार्यक्रम आयोजना गरी बिदाइ गरेको हो । सो अवसरमा गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन, प्रदेशसभा सदस्य एवम सङ्घका केन्द्रीय उपाध्यक्ष मोहन रेग्मी, सङ्घका अध्यक्ष तेजबहादुर गुरुङ, पूर्वअध्यक्ष शेरबहादुर गुरुङलगायतले सफलताको कामना गरेका थिए।

पन्ध्र वर्षदेखि १८ वर्षमुनिका खेलाडी सहभागी सो युथ च्याम्पियनशिपमा नेपाली टोलीको कप्तानी मोनिका थापाले गरेका छन् । सङ्घका अध्यक्ष गुरुङका अनुसार १० देशका खेलाडीले प्रीतस्पर्धा गर्ने उक्त प्रतियोगितामा नेपालले पहिलोपटक सहभागिता जनाउन लागेको हो ।
टोलीमा १६ खेलाडी, टिम व्यवस्थापक र प्रशिक्षकसहित २० जना रहेका छन् । नेपालले भदौ ४ गते चीनसँग, ५ गते भारतसँग, ६ गते कजाकस्तान र भदौ ७ गते मङ्गोलियासँग प्रतिष्पर्धा गर्ने टिम व्यवस्थापक शान्ति थापाले जानकारी दिए । टोलीले दुई साता पोखरामा अभ्यास गरेको थियो । रासस
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.