
काठमाडौं ।
फेसबुक, म्यासेन्जर, युुट्युब, ह्वाट्स एप, ट्विटर, भाईवर लगायतका सामाजिक सञ्जाललाई अब उद्योगका रुपमा परिभाषित गरिने भएको छ।
औद्योगिक प्रतिष्ठान सम्बन्धी विधेयकमा संशोधन गर्दै प्रतिनिधि सभाको उद्योग वाणिज्य तथा श्रम समितिले सञ्चार प्रविधिमा आधारित उद्योगका रुपमा सामाजिक संजाल, अनलाइन मेसेज, भिडिओ कल र कफन्फरेन्सलाई समेटेको हो।
अहिलेसम्म नेपालको कानुनले सामाजिक सञ्जाललाई उद्योगका रुपमा स्वीकार गरेको थिएन। त्यस्तै हालसम्म उद्योगका रुपमा नरहेका वेव पोर्टल, वेव डिजाइन सेवा, वेव होस्टिङ र अनलाइन वर्गीकृत विज्ञापन सेवा सूचना प्रविधि उद्योगका रुपमा समेटिएका छन्।
सरकारले सूचना प्रविधि विधेयकमा सामाजिक सञ्जाललाई करको दायरामा ल्याउन आवश्यक रहेको भन्दै दर्ताको प्रावधान राखेको थियो। सूचना प्रविधि विधेयकमा दर्ताको प्रावधान राखेर सरकारले अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउन खोजेको भन्दै प्रमुख प्रतिपक्षी दलले विरोध जनाउँदै आएको छ।
औद्योगिक प्रतिष्ठान विधेयक मार्फत् सामाजिक सञ्जाललाई उद्योगको मान्यता दिने भएको हो ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.