
काठमाडौं ।
स्थानीय प्रशासनले चितवनमा निषेधित क्षेत्र घोषणा गरेको छ ।
पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका ‘सीधा कुरा जनतासँग’ कार्यक्रम प्रस्तोता रवि लामिछानेका समर्थकले चितवनमा गरिरहेको प्रदर्शन हिंसात्मक हुन थालेपछि प्रशासन निषेधित क्षेत्र घोषणा गरेका हो ।
स्थानीय प्रशासनले पाँच जनाभन्दा बढी भेला हुन नपाउने आदेश जारी गरेको छ। चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले आदेश जारी गर्दै आज बिहान ६ बजेदेखि लागू हुने गरी जिल्लाका विभिन्न स्थानमा एक ठाउँमा पाँच जनाभन्दा बढी भेला हुन नपाउने गरी निषेधित क्षेत्र घोषणा गरेका हुन्।
उक्त आदेशअनुसार चितवनमा पूर्वतर्फ बाइपास सडकतर्फ आन्तरिक राजस्व कार्यालय चोकदेखि घरेलु कार्यालयसम्म, पश्चिमतर्फ पूर्वपश्चिम लोकमार्गस्थित समगण्डकी अस्पतालचोकदेखि चौबीस कोठी चोकसम्म, उत्तरतर्फ बाइपास सडकको आन्तरिक राजश्व कार्यालयको चोकदेखि भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज जाने चोक, नारायण मावि चोक, केषि ज्ञानकेन्द्र हुँदै पूर्वपश्चिम लोकमार्गको चौबीसकोठी चोकसम्म र दक्षिणतर्फ बाइपास सडकस्थित घरेलु कार्यालयको चोकदेखि दूरसञ्चार हुँदै सप्तगण्डकी अस्पतालसम्म पाँच जनाभन्दा बढी भेला हुन पाइने छैन।
रवि लामिछानेका समर्थक र प्रहरीबीच आइतबार दिउँसो चितवनमा झडप हुँदा डीएसपीसहित २३ जना घाइते भएका छन्।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.