www.tandavnews.com
Fact ~ In search of truth

आफ्नै साथीले ढुङ्गाले हान्दा सञ्जयकाे मृत्यु

काठमाडौँ ।

काठमाडौँको कपनमा साथी–साथीबीच एकापसमा झगडा हुँदा एकको मृत्यु भएको छ । बूढानीलकण्ठ नगरपालिका–१० आदर्शनगरमा मङ्गलबार राति दुई साथी–साथीबीच एकापसमा झगडा हुँदा खोटाङका सञ्जय राईको मृत्यु भएको हो ।

महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले झगडामा गम्भीर घाइते राईको हेल्पिङ हेण्डस् अस्पताल लगिएकामा उक्त स्थानमा उपचार हुन नसकेपछि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा निधन भएको जानकारी दिए।

Batas

हत्यामा सङ्लग्न सङ«खुवासभाका प्रेम राई र सुशाङ्क राईलाई प्रहरीले आज बिहान कपनबाट पक्राउ गरेको छ । तीनै जना कपन क्षेत्रमा घरमा टायल, मार्बल हाल्ने काम गर्ने गरेका र एकापसमा विवाद भएपछि ढुङ्गाले हानेर राईको हत्या गरिएको चन्दले बताए । (रासस)

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.