
काठमाडौं ।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान विरोधी तत्वसँग प्रतिवाद गर्ने बताएका छन्।
काठमाडौंमा समता फाउन्डेशनले बिहीबार गरेको ‘दलित अधिकार सुनिश्चितताका लागि जनप्रतिनिधिको भूमिका’ विषयक कार्यक्रममा प्रचण्डले संविधान कार्यान्वयनमा आफूहरूले सम्पूर्ण ध्यान केन्द्रित गरेको बताए।

विगतमा आफूले संविधान संशोधन गर्ने जमर्को गरेको पनि उनले बताए।दलितको मुक्ति नभएसम्म समृद्ध समाज निर्माण गर्ने लक्ष्य पूरा हुन नसक्ने प्रचण्डको भनाइ छ।
दलितहरूलाई अधिकार दिनका लागि पार्टीहरूभित्र र बाहिर बहस चलिराखेको बताएका उनले उत्पीडित जनसमुदाय लागे मात्रै संविधान पनि संशोधन गर्न सकिने बताए।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.