www.tandavnews.com
Fact ~ In search of truth

चाडपर्वले नेपालीलाई एकतामा बाँधेको छःचित्रबहादुर केसी

बागलुङ ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले चाडपर्वले नेपालीलाई एकतामा बाँधेको बताएका छन् । नेपालीको महान् चाड विजया दशमी, शुभ दीपावली, छठ पर्व र नेपाल संवत् ११४० का उपलक्ष्यमा बागलुङ नगरपालिकाले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले नेपाली विचारले अलग अलग भए पनि धर्मका कारण एकताबद्ध बनाएको उल्लेख गरे ।

उनले धर्मका नाममा विश्वमा ठूला युद्ध भए पनि नेपालमा त्यस्तो कहिलै नभएको भन्दै नेपालीको महान् पर्वले सबैलाई समृद्धिको बाटोमा लैजाने बताए । “कहिलेकाहीँ नेपाली लोभ, मोहका कारण चिप्लिएका छन्”, नेता केसीले भने, “अन्तमा धर्मका कारणले गर्दा फुट हुन सक्दैनन्, त्यहीँ नै नेपालीको मुख्य विशेषता हो ।”

उनले भूमिगत समयको दशैँलाई स्मरणसमेत गरे । उनले विजया दशमी नेपालीको मेलमिलापको चाड भएको हुँदा यसको महत्व अझैसम्म कायम रहेको उल्लेख गर्दै संसारको अगाडि हामी सबै नेपाली मिलेर जानुको विकल्प नभएको बताए ।

“साना कुरामा नेपालीहरु झगडा गर्छन् तर धर्मका नाममा झगडा भएको सुनिँदैन, यो नै विश्वका लागि सकारात्मक सन्देश हो”, पूर्वउपप्रधानमन्त्रीसमेत रहेएका उनले भने । कार्यक्रममा संविधानसभा सदस्य प्रकाश शर्मा पौडेल, नरबहादुर थापा, नगरपालिकाका प्रमुख जनकराज पौडेल, विभिन्न राजनैतिक दल, समाजसेवी र पत्रकारको उपस्थिति रहेको थियो । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.