www.tandavnews.com
Fact ~ In search of truth

आजदेखि अन्तर्राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन सुरु

काठमाडौं ।

काठमाडौंमा आज (सोमबार) देखि अन्तर्राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन सुरु भएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र राष्ट्रिय युवा परिषद् नेपालको संयुक्त पहलमा सुरु हुन लागेको सम्मेलन ३ दिनसम्म चल्नेछ।‘समृद्धिका लागि अनुसन्धान र नवप्रवर्तन’ मूल नारासाथ सञ्चालन हुने अन्तर्राष्ट्रिय युवा वैज्ञानिक सम्मेलनमा २० देशबाट युवा वैज्ञानिक सहभागी भएका छन्।

विज्ञान, प्रविधि र नवप्रवर्तनका क्षेत्रमा लागेका युवामा भएका ज्ञान, अनुभव, सीप र क्षमता आदनप्रदान गर्न स्वदेश तथा विदेशमा रहेका करिब ३ सयजना युवा वैज्ञानिक सहभागी भएको जनाइएको छ।

यस सम्मेलनले भविष्यमा सरकारलाई नीति तय गर्न महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।सम्मेलनमा उपस्थित युवा वैज्ञानिकले १८ वटा मुख्य विषयमा आफ्नो भनाइ राख्ने, लगभग १५० विषयमा कार्यपत्र प्रस्तुत गर्नेलगायत विज्ञान, प्रविधिक विषयक १० वटा प्रदर्शनी कक्ष नास्टले जनाएको छ।

सम्मेलनमा भारतीय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त वैज्ञानिक प्रा डा कृष्णलालले विज्ञान, प्रविधि र नवप्रवर्तन विषयक आफ्नो धारणा राख्नेछन्।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.