www.tandavnews.com
Fact ~ In search of truth

ज्ञानेन्द्र शाही नेपालका लागि नेपालीको कुनै क्रियाकलापमा संलग्न नरहने

काठमाडौँ ।

आफुलाई भ्रष्टाचार विरोधी अभियान्ता बताउने ज्ञानेन्द्र शाही नेपालका लागि नेपाली अभियानबाट हटाइएका छन् ।

अभियानको हिजो(बुधबार)बसेको बैठकले उनलाई हटाउने निर्णय गरिएको नेपालका लागि नेपालीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Batas

भ्रष्टाचारको अन्त्य, राष्ट्रियताको संरक्षण (संघीयताको खारेजी र धर्म निरपेक्षताको खारेजीलगायत) राजनैतिक सुद्धीकरणको आफूहरुको एजेण्डाविरुद्ध शाही लागेकाले जिम्मेवारी मुक्त गरिएको जनाइएको छ ।

सो अभियानमा संलग्न बालकृष्ण न्यौपाने, सुरेन्द्र भण्डारीलगायतले राजतन्त्रको पक्षमा वकालत गर्दै आएका छन् । शाहीले भ्रष्टाचार विरोधी सिद्धान्तविपरितको गतिविधि गरेकाले अभियानको सबै जिम्मेवारीबाट हटाइएको जनाइएको छ

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.