www.tandavnews.com
Fact ~ In search of truth

दलित पत्रकारद्वारा बजेटबारे छलफल गर्ने

काठमाडौं ।

राष्ट्रिय दलित पत्रकार संघ, नेपाल काठमाडौँ उपत्यका समन्वय कमिटीले नीति तथा कार्यक्रम र बजेटमा दलित समुदाय विषयमा स्थानीय सरकारसँग बहस सञ्चालन गर्ने भएको छ ।

काठमाडौँ उपत्यका समन्वय कमिटीका अध्यक्ष सुशील दर्नालको अध्यक्षतामा हिजो (मंगलबार) काठमाडौँमा सम्पन्न बैठकले स्थानीय सरकारको नीति तथा कार्यक्रम र बजेटमा दलित समुदायलाई समेत समावेश गराउने उद्देश्यले कम्तीमा महिनामा एक दिन स्थानीय तहका प्रतिनिधिहरुसँग छलफल अगाडि बढाउने निर्णय गरेको हो । संघ देशभर क्रियाशील करिब एक हजार २०० दलित समुदायका पत्रकारको छाता संगठन हो ।

बैठकले संघ गठनबारे स्थानीय सरकारलाई जानकारी गराउनाका साथै दलित समुदायका पत्रकारहरुको क्षमता विकासका लागि स्थानीय सरकारसँग समन्वय गर्नेसमेत निणर्य गरेको छ ।

बैठकका निणर्यबारे जानकारी दिँदै काठमाडौँ उपत्यका समन्वय कमिटीका सचिव सन्दीप विश्वकर्माले उपत्यका समन्वय कमिटीको कार्यालय स्थापना गर्नका लागि पहल गर्ने र संघको सदस्यताका लागि केन्द्रसँग रसिद र फारामसमेत माग गर्ने निर्णय गरेको छ ।

दलित समुदायका पत्रकारहरुलाई सङ्गठित गर्दै उनीहरुको अधिकारका लागि विसं २०७६ मा स्थापना भएको संघले दलित आन्दोलन र पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने दलित नेताहरुको नाममा पत्रकारिता पुरस्कारसमेत स्थापना गरेको छ ।

संघका केन्द्रीय अध्यक्ष तथा संविधानसभाका सभासद् विनोद पहाडी, महासचिव लक्ष्मण दर्नाल, सचिव सन्तोष गन्धर्व र केन्द्रीय सदस्य बुद्धि विश्वकर्माको विशेष उपस्थितिमा बसेको सो बैठकले पत्रकार विन्दु गहतराज र सपना परियारलाई कार्यसमितिमा चयन गर्ने निर्णय पनि गरेको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.