www.tandavnews.com
Fact ~ In search of truth

आधा दर्जन छावा जन्माएकी सौराहाकी पूजाकलीको असामयिक मृत्यु

चितवन ।

लामो समयदेखि बिरामी परेकी ३८ वर्षीया हात्ती ‘पूजाकली’को मृत्यु भएको छ ।

हात्ती प्रजनन तथा तालीम केन्द्र खोरसोर सौराहामा पालिएको पूजाकलीको आज बिहान असामयिक मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले जानकारी दिए ।

पूजाकलीको एक वर्षअघिदेखि नियमित उपचार गरिँदै आइएको निकुञ्जका वरिष्ठ चिकित्सक डा. विजय श्रेष्ठले जानकारी दिए । ‘एक वर्षदेखि धेरै रोगको परीक्षण गरेर उपचार गरियो’, उनले भने, ‘लाखौँ खर्च भयो तर रोग पत्ता लागेन ।’ पूजाकली पछिल्लो छ महिनादेखि खाना कम खाने र दुब्लाउँदै गएको थियो ।

पूजाकलीले झण्डै आधा दर्जन छावालाई जन्म दिएकी थिइन् । चिकित्सक श्रेष्ठका अनुसार केन्द्रमा सबैभन्दा धेरै छावा जन्माउने हात्तीमा पूजाकली पनि थिइन् । पूजाकली शव परीक्षणको तयारी भइरहेको छ ।

विसं २०३८ मा पूजाकलीलाई कोसीटप्पुबाट चितवन ल्याइएको थियो । चितवन राष्ट्रिय निकुञ्जले संरक्षण गरेका ६३ हात्तीमध्ये अब ६२ हात्ती छन् । ७४ वर्षसम्मको हात्ती चितवन राष्ट्रिय निकुञ्जमा पालिएको छ । हात्तीको औषत आयु ७० देखि ८० वर्षसम्म हुन्छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.