www.tandavnews.com
Fact ~ In search of truth

भत्काइदैँ १८ सय छाउगोठःछाउगोठ राख्ने र बस्नेलाई अब कारबाही

काठमाडौँ ।

सदियौँदेखि चलि आएको छाउगोठ राख्ने चलनको अन्त्यका लागि सरकारले विशेष कदम चालेको छ ।

विशेष गरि देशक सुदूरपश्चिम क्षेत्रमा छाउगोठ प्रचलनमा रहेको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेका १८ सय छाउगोठ भत्काउन सरकारले विशेष अभियान सञ्चालन गरेको छ ।

Batas

संघीय संसद प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिको आज(सोमबार)को बैठकमा कर्णालीको राजधानी सुर्खेतमा १८ सय छाउगोठ रहेका र तिनलाई केही दिनभित्र भत्काउनका लागि विशेष अभियान संचालन गरिएको जानकारी गराइएको छ ।

सुर्खेतमा १८ सय छाउगोठ रहेका छन्। तिनलाई ३–४ दिनमा नै नष्ट गर्ने गरी अभियान संचालन भएको जनाइएको हो ।गृह मन्त्रालयका अनुसार सुर्खेतमा अहिलेसम्म ३ सय छाउगोठ भत्काइ सकिएको छ। अछाममा ९ सय ४९, बझाङमा ७, जाजरकोटमा १, सल्यानमा २, दैलेखमा १७ छाउगोठ भत्काइएको छ।

जाजरकोटमा ४ वटा छाउगोठ नष्ट गर्ने तयारी रहेको पनि गृहसचिव राईले जानकारी दिए। छाउगोठ नष्ट गर्नका लागि यी जिल्लाका जनप्रतिनिधि, संघसंस्था, संचारकर्मी, मानअवधिकारवादी, धार्मिक अगुवा, शिक्षक र विद्यार्थी, युवा क्लब र स्वास्थ्यकर्मी लगायतलाई सहभागी गराएर कार्यक्रम संचालन भइरहेका छन्।

छाउपडी कुप्रथालाई निर्मूल पार्नका लागि गम्भीरताका साथ काम गर्न महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिएको जनाइएको छ ।जसअनुसार जसको घरमा यो प्रथा प्रचलनमा रहेको पाइन्छ त्यस्तो घरका अभिभावक र छाउगोठमा बस्ने महिलालाई अनिवार्य कारबाही हुने भएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.