www.tandavnews.com
Fact ~ In search of truth

प्रदेश ३ को राजधानी हेटौँडा तोक्ने तयारीविरुद्ध प्रदर्शन

दोलखा ।

प्रदेश ३ को राजधानीबारे प्रदेशभित्र किचलो देखिएको छ ।सत्तारुढ नेकपा सचिवालयको निर्देशन पछि प्रदेश ३ को राजधानी हेटौंडा तोक्ने तयारी भएसँगै प्रदेशभित्र किचलो,विवाद र प्रदर्शन सुरु भएको छ।

यसैबीच राजधानी हेटौंडा तोक्ने तयारी विरुद्ध दोलखावासी आन्दोलित भएका छन्। दोलखाका आक्रोसित स्थानीयले आज (मंगलबार)सदरमुकाम चरिकोटमा प्रदर्शन गरेका छन्।हेटौँडा पायक पर्ने ठाउँ नभएको र त्यही ठाउँ राजधानी तोक्न लागिएको भन्दै नागरिक दबाव अभियानले प्रदर्शन गरेको हो। स्थानीयले पायक पर्ने स्थानमा राजधानी तोक्न र हालको अस्थायी राजधानी हेटौंडा खारेज गर्न माग गरेका छन् ।

Batas

दोलखासहित १० जिल्लाका निम्ति हेटौंडा पायक नपर्ने प्रर्दशनकारीले बताएका छन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.