www.tandavnews.com
Fact ~ In search of truth

त्रिपालमुनिबाट सेवा दिँदै छन् मुग्लिनका प्रहरी

मुग्लिन ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीले कमीकमजोरी गरेको थाहा भए नागरिकले आफ्नै ठानेर सम्झाउन आग्रह गरेका छन् ।

इलाका प्रहरी कार्यालय इच्छाकामना–५ मुग्लिनको भवन शनिबार शिलान्यास गर्नुहँुदै उनले सङ्गठनभित्र केही कमीकमजोरी हुनसक्ने भन्दै कहीँकतै कमजोरी भए आफ्नै सम्झेर सम्झाउनुपर्छ भने । महानिरीक्षक खनालले भने, “सङ्गठनभित्र सबै राम्रो हुन्छ भन्ने हुँदैन, सानातिना केही भए तपाईहरुले आफ्नै सम्झेर पनि यसो गर है भनेर सम्झाउनुपर्छ, नागरिकबाट यस्तो गुनासो आएका छन् है भन्नुपर्छ । ”

Batas

गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले इच्छाकामना गाउँपालिकामा दुर्गम पहाडी क्षेत्र र व्यस्त राजमार्ग भएकाले जनशक्ति बढाउन र प्रत्येक वडामा प्रहरी एकाइ राख्न माग गरिन् ।

उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष राजु श्रेष्ठले देशका समृद्धिका लागि शान्ति सुरक्षा आवश्यक रहेको बताए । प्रहरी नायब उपरीक्षक शङ्कर सिलवालले चार कट्ठा छ धुरमा बन्ने उक्त भवन निर्माणका लागि रु छ करोड ५० लाख अनुमान गरिएको र एक वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य रहेको जानकारी दिए ।

प्रहरी नायब महानिरीक्षक शेरबहादुर बस्नेत, प्रहरी प्रधान कार्यालय बजेट महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापा, वाग्मती प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रकाश रानाभाट, जिल्ला प्रहरी कार्यालय चितवनका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक एकनारायण कोइराला, गाउँपालिका उपाध्यक्ष कृतिकुमार श्रेष्ठको सहभागिता रहेको थियो । इलाका प्रहरी कार्यालय मुग्लिनमा कार्यरत प्रहरी त्रिपालमुनि बस्न बाध्य छन् । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.