www.tandavnews.com
Fact ~ In search of truth

पश्चिमी सीमा नाकाबाट भित्रिए एक हजार

कञ्चनपुर ।

लकडाउन अन्तर्गत पश्चिमी सीमा नाका गड्डाचौकी बन्द गरिएपछि एक हजार आठ सय ४२ यात्रु भित्रिएका छन् । सीमा नाका बन्द गरिए पनि भारतमा काम गर्ने नेपाली भित्रिने क्रम भने रोकिएको छैन ।

भारतमा होटेल, निर्माण सम्बन्धी कार्यलगायत बन्द भएपछि नेपालीहरु फर्कन थालेका हुन् । चैत १० गतेदेखि सीमा नाका बन्द गरिएको हो । कोरोना भाइरस जाँचका लागि पश्चिमी सीमा नाका गड्डाचौकीमा स्थापना गरिएको हेल्थ डेस्कका अनुसार गड्डाचौकी सीमा नाकामा सुरक्षाकर्मीको कडाइपछि भारतबाट आउनेहरु अन्य सीमा क्षेत्र भएर अवैध रुपमा छिर्ने क्रम बढेको छ ।

Batas

अवैध रुपमा सीमा नाका प्रवेश गर्नेहरुलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिई हेल्थ डेस्कमा पु¥याएर स्वास्थ्य जाँच गराउँदै आएका छन् ।

भारतीय बजार खटिमासँग जोडिएको महाकाली नगरपालिकाबाट नेपाल भित्रिने क्रम बढ्न थालेपछि नाकामा नेपाली सेनाले निगरानी बढाएको छ । सेनासहित नेपाल प्रहरी र सशस्त्र प्रहरीले नाकामा कडा निगरानी गरिरहेको कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायको जिकिर छ । (रासस)

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.