www.tandavnews.com
Fact ~ In search of truth

काेराेना भाइरस : भारतमा ज्यान गुमाउनेको संख्या २४ पुग्याे, एक हजारमा संक्रमण

काठमाडौं ।

भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या एक हजार जना भन्दा बढी पुगेको छ ।

त्यस्तै मृत्यु हुनेको मानिसको संख्या पनि २४ पुगेको छ । कोभिड १९ इन्डिया डट ओआरजीका अनुसार भारतमा समग्र संक्रमितको संख्या एक हजार २९ पुगेको छ ।

Batas

भारतमा शनिबार भाइरसको कारण थप चार जनाको मृत्यु भएको छ । यससँगै भारतमा भाइरसको कारण ज्यान गुमाउनेको संख्या २४ पुगेको हो । अहिलेसम्म यो भाइरसको संक्रमण भारतको २७ प्रान्तमा देखिएको छ । महाराष्ट्र भारतको सबैभन्दा प्रभावित प्रान्त बनेको छ । अहिलेसम्म यो प्रान्तमा १८६ संक्रमित देखिएका छन् । दोस्रो बढी प्रभावित प्रान्त केरलामा १८२ जनामा यो भाइरसको संक्रमण देखिएको छ ।

भाइरसको कारण महाराष्ट्रमा अहिलेसम्म ६ जनाको मृत्यु भइसकेको छ । त्यस्तै गुजरातमा ४ र कर्नाटकमा अहिलेसम्म ३ जनाले कोरोना भाइरसको कारण ज्यान गुमाएका छन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.