www.tandavnews.com
Fact ~ In search of truth

मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं ।

पश्चिमी वायु र स्थानीय वायुको प्रभावले बुधबार मध्यान्हपछि आंशिकदेखि सामान्य बदली भई देशका अधिकाश भू–भागमा मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले बुधबार एक विशेष बुलेटिन जारी गर्दै देशको मध्य र पूर्वका केही स्थानहरु तथा पश्चिमी भू–भागका एक/दुई स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेकाले सचेत रहन आग्रह गरेको छ ।

Batas

हाल देशको मध्य र पूर्वका अधिकांश भू–भागमा र पश्चिमका केही भू–भाग पूर्ण वदली भई थोरै स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षा भईरहेको छ र बाँकी भू–भागमा आंशिक बदली रहेको छ । राती देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली भई मध्य र पश्चिमी पहाडी भू–भागका केही स्थानहरुमा र पूर्वका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित वर्षाको सम्भावना रहेका बताइएको छ ।

बिहीबार देशभर आंशिकदेखि सामान्य बदली बदली रही देशका केही स्थानमा मेघगर्जन चट्याङ्ग र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।

शुक्रबार देशभर आंशिकदेखि सामान्य बदली रही मध्य र पश्चिमी पहाडी भू–भागका एक–दुई स्थानका साथै पूर्वी भू–भागका केही स्थानमा मेघगर्जन हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार बुधबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १४ दशमलव ४ डिग्री र अधिकतम तापक्रम २८ दशमलव ४ डिग्री सेल्सियस रहेको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.