www.tandavnews.com
Fact ~ In search of truth

तातोपानी नाकाबाट स्वास्थ्य सामग्री भित्रिँदै

काठमाडौं ।

गत चैत २६ गतेदेखि तातेपानी नाका सञ्चालनमा आएयता दैनिक स्वास्थ्य सामग्री नेपाल भित्रिएका छन् । तातोपानी भन्सार कार्यालयका अनुसार चीनको तिब्बत सरकारले नेपाल सरकारलाई दिएको अनुदान तथा निजी क्षेत्रले खरीद गरेका स्वास्थ्य सामग्री तातोपानी नाका हुँदै नेपाल भित्रिएका हुन् ।

तातोपानी भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीका अनुसार हालसम्म एन–९५ पिसिआर मेसिन दुई थान, टेष्टिङ किट २० हजार थान तथा मास्क ७२ हजार पाँच सय थान भित्रिएको छ । त्यस्तै डिस्पोजेबल मास्क १२ हजार थान, स्यानिटाइजर २६ हजार ७३२ लिटर, पञ्जा तीन हजार नौ सय थान र पिपिई २१ हजार २६० थान नेपाल भित्रिएको छ । एक हजार थान प्रोटेक्टिभ चश्मा, २० हजार आठ सय थान डिस्पोजेबल शु–कभर, पाँच हजार आठ सय थान फेससेइल्ड र ४३० थान मेडिकल वेड म्याट्रिक्स पनि आएका छन् ।

Lama collectio News Middle

तिब्बतले नेपाल सरकारलाई अनुदानमा दिएको रु आठ करोड ३१ लाख बराबरको स्वास्थ्य सामग्री दश हजार थान एन–९५ मास्क, दश हजार थान पिपिई, एक हजार थान इन्फ्रारेड थर्मोमिटर, दुई थान पिसिआर मेशिन, दश हजार थान टेष्टिङ किट र पचास थान वेट वाइपबाहेक अन्य स्वास्थ्य सामग्री निजी क्षेत्रले खरीद गरेका हुन् ।

चीनमा कोभिड –१९ को संक्रमण बढेपछि गत माघ १३ गतेदेखि बन्द तातोपानी नाका चैत १२ गते बसेको मन्त्रिपरिषद्को बैठकले अत्यावश्यक सामान ल्याउन खोल्ने निर्णय गरेको थियो । नाका खोल्ने निर्णय भएको दुई सातापछि अर्थात् चैत २६ गते निजी क्षेत्रले खरीद गरेको स्वास्थ्य सामग्री नेपाल भित्रिएको थियो । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Hotpop