www.tandavnews.com
Fact ~ In search of truth

भारतीय सिने जगतले दुई दिनमा गुमायो दुई अभिनेता, आज ऋषि कपुरको निधन

भारत ।

भारतीय सिने जगतले दुई दिनमा दुई कलाकार गुमाएको छ । बलिउड अभिनेता ऋषि कपुरको आज निधन भएको छ।

हिजो मात्रै सास फेर्न अप्ठ्यारो भएपछि ६७ वर्षे ऋषिलाई बुधबार मुम्बईको रिलायन्स फाउण्डेस अस्पतालमा भर्ना गरिएको मा आज (बिहिबार)बिहान निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

दुई वर्ष अगाडि सन् २०१८ क्यान्सर भएको पुष्टि भएपछि एक वर्ष भन्दा बढी समय अमेरिका बसेर ऋषिले उपचार गरेका थिए।उनी बलिउड अभिनेता रणवीर कपुरका बाबु हुन्।

सेप्टेम्बर ४ सन् १९५२ मा मुम्बईको चेम्बुरमा जन्मिएका कपुरले सन् १९७० मा ‘मेरा नाम जोकर’सिनेमाबाट बाल कलाकारका रुपमा डेब्यू गरेका थिए।

उनले सो सिनेमाका लागि राष्ट्रिय पुरस्कार समेत जितेका थिए। उनको खास नाम ऋषि राज कपुर हो।हिजो मात्रै अर्का चर्चित कलाकार इरफान खानको निधन भएको थियो ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.