www.tandavnews.com
Fact ~ In search of truth

चितवनमा चार बालबालिकामा दादुरा संक्रमण

दादुरा रुबेला रोग विरुद्धको खोप सञ्चालनको तयारी

चितवन ।

पूर्वी चितवनको राप्ती नगरपालिकामा आगामी मंगलबारदेखि दादुरा रुबेला रोग विरुद्धको खोप सञ्चालन हुने भएको छ । सो नगरपालिकाका चारबालबालिकामा दादुरा संक्रमण देखिएपछि खोप शुरु गर्न लागिएको हो ।

स्वास्थ्य कार्यालय प्रमुख दीपक तिवारीका अनुसार सो नगरपालिकाको वडा नं १०, ११, १२ र १३ मा खोप सञ्चालन गर्न लागिएको हो । ती वडामा रहेका नौ महिनादेखि १५ वर्ष उमेर समूहकालाई खोप लगाइने छ ।

Batas

ती वडामा रहेका करिब सात हजारलाई खोप लगाइने छ । स्वास्थ्य मन्त्रालयकोे निर्देशिका अनुसार सामाजिक दूरी कायम गरी खोप लगाइने छ । नगरपालिका प्रमुख प्रभा बरालका अनुसार धादिङमा दादुराको संक्रमण देखिएसँगै सिमाना जोडिएका वडामा रहेका बालबालिकादेखि युवासम्मलाई दादुराको संक्रमण देखिएको हो । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.