www.tandavnews.com
Fact ~ In search of truth

नागढुंगा ‘मिसबिहेव’ : ‘आम नागरिकको हैसियतले’ भन्दै स्वास्थ्यकर्मीलाई खानतलासी गर्ने पक्राउ

काठमाडौं ।

स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ। नागढुंगामा शुक्रबार स्वास्थकर्मी नारायण कार्कीमाथि दुर्व्यवहार गर्ने उत्तम कार्की नाम गरेका युवकलाइ महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हाे ।

बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक रहेका कार्कीको गाडी रोकेर नागढुंगामा उत्तम कार्कीले खानतलासी गर्नुका साथैं दुव्यर्वहार समेत गरेका थिए। उक्त भिडियो फेसबुकमा समेत पोस्ट भएपछि त्यसको चौतर्फी विरोध भएको थियो।

Batas

उत्तम कार्कीले ‘आम नागरिकको हैसियतले…’ भन्दै स्वास्थ्यकर्मिको झोला समेत खोल्न लगाएका थिए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.