www.tandavnews.com
Fact ~ In search of truth

नेहा विष्टमाथि कुटपिट गर्ने नगर प्रहरी निर्मला विक निलम्बित

दाङ ।

नेहा विष्टमाथि कुटपिट गर्ने नगर प्रहरी निर्मला विक निलम्बित भएकी छन्। रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नं. ९ की २१ वर्षीया विष्टलाई नियन्त्रणमा लिइसकेपछि नगर प्रहरी विकले अमानवीय ढंगले कुटिपट गरेकी थिइन् ।

नगरपालिकाले बिहीबार एक विज्ञप्ति जारी गर्दै विकलाई निलम्बित गरिएको जानकारी दिएको हो । जेठ १ गते दिउँसो जाजरकोटबाट घर फर्कंदै गरेकी विष्टलाई कुटिएको भिडिओ असार २३ गते मात्रै सार्वजनिक भएको थियो। भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि छानबिन समिति गठन गरेको थियो।

 

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.