www.tandavnews.com
Fact ~ In search of truth

मौवाखोला अपडेट : राजमार्ग खुलाउन अझै दुई दिन लाग्ने

धादिङ ।

यही साउन ४ गतेदेखि परेको वर्षापछिको बाढी र पहिराले अवरुद्ध राजमार्ग अझै खुल्न सकेको छैन । यही साउन ५ गते को धादिङ र चितवनको सिमानामा पर्ने मौवाखोलास्थित सडकलाई खोलाले भत्काएपछि काठमाडौँ जाने एकमात्र राजमार्ग बन्द भएको थियो ।

पृथ्वीराजमार्गको मुग्लिनदेखि नौबिसेसम्मको क्षेत्रमा करिब १०० स्थानमा पहिराले राजमार्ग बन्द भएको छ भने पहिराका कारण जताततै सडकसमेत भत्किएको छ । सडकमा थुप्रिएको पहिरो डोजरको सहायताले सफा गरिँदै गरेको छ ।

Batas

प्रहरीले सडकमा अत्यावश्यकबाहेक यात्रा नगर्न सर्वसाधारणलाई आग्रहसमेत गरिरहेको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए । मौवा खोलामा सडक भत्काएको खोलामा ग्याभिन जाली लगाएर खोलालाई नियन्त्रण गर्ने काम भइरहेको छ । नेपाली सेना र प्रहरीले संयुक्तरुपमा पर्खाल लगाउने काम गरिरहेको र केही दिनपछि मात्र निर्माण पूरा गरेर राजमार्ग सञ्चालन गरिने प्रमुख जिल्ला अधिकारी असमान तामाङले बताए ।

रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.