www.tandavnews.com
Fact ~ In search of truth

पर्सामा मृत्यु भएकी एक युवतीमा कोरोना पुष्टि

वीरगञ्ज ।

पर्सामा कोरोनाबाट १८ वर्षीया युवतीको ज्यान गएको छ ।

गत सोमबार मृत्यु भएकी युवतीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पर्साको पोखरिया नगरपालिका–९ की १८ वर्षीया युवतीको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको हो ।

Batas

पखाला लागी स्वास्थ्य अवस्था नाजुक बनेपछि उपचारका लागि गत सोमबार अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको जनाइएको छ । मेडिकल कलेजमा स्वाब संकलन गरेर नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा हिजो(मंगलबार) राति उनको रिपोर्ट पोजेटिभ आएको छ ।

कोरोना संक्रमणबाट पर्सामा १३ जनाको मृत्यु भइसकेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.