www.tandavnews.com
Fact ~ In search of truth

थप ५९४ जनामा कोरोना संक्रमण पुष्टि,२४ घन्टामा २४० जना निको भएर घर फर्किए

काठमाडौँ ।

देशभर ५९४ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घन्टामा थप ५९४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागे्रवर गौतमले जानकारी दिए । यो सँगै देशभर संक्रमितको संख्या २५ हजार ५५१ पुगेको छ ।

Batas

त्यसैगरी पछिल्लो २४ घन्टामा कोरोनालाई जितेर घर फर्किनेको संख्या २४० रहेको छ । यो सँगै हालसम्म निको हुनेको संख्या १७ हजार ७७ पुगेको छ ।२४ घन्टामा जम्मा ११ हजार ५ सय ७५ पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज सम्म(शुक्रबार)सम्म पीसीआर विधिबाट ४ लाख ९४ हजार ६१३ परीक्षण गरिएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.