www.tandavnews.com
Fact ~ In search of truth

चीनमा भेटिए कोरोनाका नयाँ संक्रमित

काठमाडौं ।

चीनमा केही दिनयता कोरोना भाइरसका नयाँ संक्रमितहरु भेटिएका बताइएको छ ।सोमबार दिइएको जानकारीअनुसार चीनमा गएको २४ घन्टायता कोरोना भाइरसका १७ जना नयाँ संक्रमित भेटिएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार सोमबार चीनमा १७ जना नयाँ संक्रमित भेटिएका छन् भने यो २४ घन्टामा यहाँका २४ जना निको भएर घर फर्किएका छन् ।केही हप्ता यता चीनले आफ्नो देशमा कोरोना भाइरस संक्रमित नभेटिएको बताए पनि विदेशबाट आउनेहरुमा कोरोना भाइरस देखिएको बताउँदै आएको छ ।

Batas

गएको २४ घन्टामा देखिएका भनिएका ती १७ जना पनि सबै जना विदेशबाट आएका नागरिक रहेका चीनका स्वास्थ्य अधिकारीहरुले बताएको हो ।चीनमा यो समेत गरी यस भाइरसका ८ हजार ५४८ जना संक्रमित भेटिएका हुन् । त्यस्तै यहाँका ४ हजार ६३४ जनाको ज्यान गएको छ ।

तर चीनको जनजीवन अहिले सामान्य भइसकेको छ । त्यहाँ कहिलेकाहिँ र त्यो पनि विदेशबाट आएका नागरिकमा यो भाइरस देखिने गरेको बताइएको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.