www.tandavnews.com
Fact ~ In search of truth

कोभिड अपडेट : नेपालमा १७ हजार ८७० जना सक्रिय संक्रमित, २७ हजार १२७ जना संक्रमणमुक्त

नेपालमा थप १ हजार ४१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

योसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४५ हजार २७७ जना पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

हाल देशभर १७ हजार ८७० जना सक्रिय संक्रमित छन्। यीमध्ये ९ हजार ८६६ जना संस्थागत आइसोलेसनमा रहेको डा गौतमले जानकारी दिए। हाल ८ हजार ४ जना होम आइसोलेसनमा छन्।

Batas

पछिल्लो २४ घण्टामा १२ हजार ४७३ जनाको परीक्षण भएको छ। हालसम्म ७ लाख ५७ हजार ९६३ जना परीक्षण भएको छ। हाल ६ हजार ५६१ जना क्वारेन्टाइनमा छन्। पछिल्लो २४ घण्टामा १५ सय ६६ जना निको भएसँगै २७ हजार १२७ जना संक्रमणमुक्त भएका छन्।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.