www.tandavnews.com
Fact ~ In search of truth

बढ्दै संक्रिय संक्रमित, हाल संक्रिय संक्रमित २१ हजार आठ सय ३०

पोखरा ।

संक्रिय संक्रमित २५ हजार नाघे पुन लकडाउन हुन सक्ने स्वास्थ्य मन्त्रालयले संकेत दिइरहँदा संक्रिय संक्रमित दिनकै बढी रहेका छन् ।

हाल देशमा २१ हजार आठ सय ३० जना सक्रिय संक्रमित आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयको अनुसार पाँच हजार ७७ जना क्वरेण्टीनमा रहेका छन् ।

Batas

पछिल्लो २४ घण्टामा एक हजार ९११ संक्रमित थपिएका छन् । १२ हजार चार सय ४४ जनाको नमुना परीक्षण गर्दा एक हजार नौ सय ११ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए । यो सँगै नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या ७९ हजार सात सय २८ पुगेको छ ।

गएको २४ घण्टामा नौ सय ६१ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको संख्या ५७ हजार तीन सय ८९ पुगेको छ ।यस्तै गएको २४ घण्टामा ११ जनाको ज्यान गएको छ । हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या पाँच सय नौ पुगेको मन्त्रालयले जनाएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.