www.tandavnews.com
Fact ~ In search of truth

आज एकैदिन थपिए ४ हजार ३६४ संक्रमित, २ हजार ६७५ जना डिस्चार्ज

पोखरा ।

आज एकैदिन नेपालमा ४ हजार ३६४ संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या ९८ हजार ६ सय १७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा १८ हजार चार सय ७३ जनाको नमुना परीक्षण गर्दा चार हजार तीन सय ६४ जनामा संक्रमण पुष्टि भएको गौतमले जनाए । त्यस्तै गएको २४ घण्टामा दुई हजार ६ सय ७५ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको संख्या ७१ हजार तीन सय ४३ पुगेको छ ।

Batas

यस्तै गएको २४ घण्टामा १२ जनाले ज्यान गुमाएका छन् । हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या पाँच सय ९० पुगेको मन्त्रालयले जनाएको छ ।

अब नेपालमा २६ हजार ६ सय ८४ जना सक्रिय संक्रमित आइसोलेशनमा रहेका छन् । यस्तै चार हजार चार सय ६० जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.