www.tandavnews.com
Fact ~ In search of truth

अनेरास्ववियुको एकता अन्तिम चरणमा

काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को एकताको काम अन्तिम चरणमा पुगेको छ ।

अनेरास्ववियुले यही साता जिल्ला कमिटीलाई पूर्णता दिन र स्थानीय तथा क्याम्पस कमिटीलाई आगामी मंसिर १५ गतेसम्म निर्माण गर्ने गरी काम अगाडि बढाएको छ ।

Batas

अहिले अखिलको केन्द्रीय कमिटी मात्र निर्माण भएको छ । केही दिनअघि केन्द्रीय कमिटीका संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङले सबै जिल्ला, विश्वविद्यालय, स्थानीय तह र क्याम्पस कमिटीलाई परिपत्र जारी गरी एकता प्रक्रिया टुङ्गोमा पु¥याउन निर्देशन दिएका थिए ।

अखिलका संयोजक महरले तल्लो तहका कमिटीलाई पूर्णता दिने गरी परिपत्र जारी गरिसकेको र सोही परिपत्रानुसार अहिले एकताको काम भइरहेको जानकारी दिए ।

उनका अनुसार यसै साता जिल्ला कमिटीलाई पूर्णता पाउने छ । यसअघि जिल्ला कमिटीका संयोजक र सहसंंयोजक तोकेर पठाइसकेको छ । अखिलले ५१ देखि ६१ जनासम्मको जिल्ला कमिटी बनाउने निर्देशन दिएको छ ।

संयोजक महरले परिपत्रअनुसार काम नगर्ने र समानान्तर कमिटी बनाउने केन्द्रीय कमिटी सदस्यलाई कारवाही गरिने बताए । पार्टी एकता भएसँगै नेकपाको पार्टी एकता अझै टुंग्गिएको छैन । यसअघि राष्ट्रिय युवा संघले मात्र जिल्ला र स्थानीय तहको एकता टुग्गाइसकेको छ ।

उनले जिल्ला, स्थानीय तह र क्याम्पस कमिटी टुङ्गिएपछि प्रदेश, विश्वविद्यालय, केन्द्रीय कमिटीको बाँडफाँड र कार्यविभाजन टुङ्ग्याइने बताए । अखिलमा अहिले ३३५ जनाको केन्द्रीय कमिटी रहेको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.