www.tandavnews.com
Fact ~ In search of truth

नेकपा चितवनबाट छानबिन माग

चितवन ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनले पूर्वी चितवनको राप्ती नगरपालिकामा शनिबार भएको घटनाप्रति खेद व्यक्त गरेको छ ।

पार्टीले आज जारी गरेको विज्ञप्तिमा स्थायी कमिटी सदस्य एवं चितवन क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुरेन्द्रप्रसाद पाण्डे उपस्थित कार्यक्रममा होहल्ला भएको घटनाको छानबिन गर्न माग गरिएको छ ।

Batas

पार्टी अध्यक्ष यमबहादुर परियार र सचिव कृष्णभक्त पोखरेलले हस्ताक्षर गरेको विज्ञप्तिमा राप्ती नगर कमिटीको तेस्रो बैठकमा पाण्डेले सम्बोधन गरिरहेका अवस्थामा कमिटीमा नै नरहेका बाहिरबाट आएका व्यक्तिले होहल्ला गरी बैठक बिथोल्न खोजेको जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘पार्टी नगर कमिटीको औपचारिक बैठक बसिरहेको अवस्थामा र राप्ती नगरभित्रको विकास निर्माणसम्बन्धी छलफलमा गरिएको अभद्र व्यवहारप्रति जिल्ला कमिटी खेद व्यक्त गर्दछ ।”

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.