www.tandavnews.com
Fact ~ In search of truth

ओलीमाथिको कारबाहीबारे निर्वाचन आयोगमा जानकारी

काठमाडौं ।

संसद विघटन गरेका प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीले कारबाहीको सिफारिस गरेको जानकारी निर्वाचन आयोगलाई दिइएको छ।

नेकपा स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले सोमबार दिउँसो आयोगको कार्यालय पुगेर आइतबार स्थायी कमिटी बैठकले ओलीलाई अनुशासनको कारबाही सिफारिस गरेको जानकारी गराएका हुन्।

Batas

‘ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय हिजोको स्थायी कमिटी बैठकले गरेको थियो। ओलीलाई स्थायी कमिटीले कारबाहीको सिफारिस गर्दै मंगलबार बस्ने केन्द्रीय समितिमा यसबारे प्रस्ताव लैजाने निर्णय गरेको थियो।

प्रधानमन्त्री ओलीले भने नेकपा स्थायी कमिटी बैठकले आफूलाई गर्ने भनेको अनुशासनको कारबाही आफूलाई अमान्य भएको बताएका छन्। मंगलबार नेकपाको केन्द्रीय कमिटी बैठक बस्दैछ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.