www.tandavnews.com
Fact ~ In search of truth

अनेरास्ववियु केन्द्रीय कमिटि १,०९९ सदस्यीय : स्ववियु निर्वाचनको वातावरण बनाउन आग्रह

काठमाडौँ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुले केन्द्रीय सदस्य विस्तार गरेको छ । यही पुस १० देखि १२ गतेसम्म काठमाडाँैमा बसेको केन्द्रीय कमिटी बैठकले केन्द्रीय सदस्य सङ्ख्या एक हजार ९९ पुर्याएको हो । बैठकबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा अनेरास्ववियुका संयोजक ऐन महरले अनेरास्ववियुको अन्तरिम विधान संशोधन गरी केन्द्रीय सदस्य सङ्ख्या एक हजार ९९ पुर्याइएको बताए ।

यस्तै बैठकले समसामयिक राजनीतिक र शैक्षिक प्रस्ताव तथा साङ्गठनिक कार्ययोजनासमेत पारित गरेको छ । बैठकले यही पुस १९ गते काठमाडौँमा भेला गर्ने, २२ गते ७७ वटै जिल्लामा जिल्लास्तरीय भेला र जिल्ला सम्मेलन आयोजक कमिटी गठन गर्ने तथा २५ गते सबै विश्वविद्यालय एकाइको बैठक/भेलाको आयोजना गर्ने भएको उपाध्यक्ष सुनिता बरालले जानकारी दिइन् ।

Batas

बैठकले कोरोना भाइरसका कारण लामो समयदेखि अवरुद्ध शिक्षा प्रणाली र शैक्षिक सत्रलाई तत्काल शुरु गर्न सरकारसँग आग्रह गरेको छ । बैठकले आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गर्ने वातावरण बनाउन सबै विश्वविद्यालय र सरकारसँग आग्रह गरेको उपाध्यक्ष बरालले जानकारी दिइन् ।

बैठकले निर्वाचनका लागि वातावरण बनाउन अन्य सहकर्मी सङ्गठनसमक्ष आग्रह गर्ने निर्णय पनि गरेको छ । त्रिभुवन विश्वविद्यालयमा आठ वर्षदेखि स्ववियु निर्वाचन हुन सकेको छैन । कक्षा ११ को नयाँ पाठ्यक्रम लागू गर्नसमेत सरकारसँग आग्रह गरिएको छ ।

प्रतिनिधिसभा विघटन भई आगामी २०७८ साल वैशाखमा निर्वाचनको मिति घोषणा भइसकेको र मुलुक निर्वाचनउन्मुख भइसकेकाले सबै मातहत कमिटी र सम्पूर्ण सङ्गठनको पङ्क्तिलाई एक ढिक्का भएर निर्वाचनको केन्द्रित भएर पूर्ण गतिशीलता र शक्तिका साथ परिचालित हुन आह्वान गर्दै सबै राजनीतिक दललाई निर्वाचनको अभियानमा स्वस्थ बहस र प्रतिस्पर्धाका साथ सहभागी भई लोकतान्त्रिक प्रणालीलाई सुदुढ गर्न अनुरोध गरेको छ ।

बैठकले कोभिड–१९ को महामारीबाट प्रभावित निजी र सार्वजनिक क्षेत्रलाई राहत र पुनस्थापनाका कार्यक्रम उपलब्ध गराएर आर्थिक पुनरुत्थान गर्न, रोजगारी गुमाई फर्किएका युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउन र महामारीका कारण जनतामा गरीबी र अभावको थप मार पर्न नदिनका लागि आवश्यक कदम चाल्न सरकारको ध्यानाकर्षण गराएको छ ।

रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.