www.tandavnews.com
Fact ~ In search of truth

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अवधि थप्ने तयारी

काठमाण्डौ
ताण्डव न्यूज ।

भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि चौथोपटक थपिएको अवधि सकिएपछि फेरि थप्ने तयारी भएको छ । म्याद सकिएपछि विमानस्थल विस्तार आयोजनाले म्याद थपका लागि प्रक्रिया अगाडि बढाएको हो । चीनबाट आउनुपर्ने उपकरण र प्राविधिक जनशक्ति आउन ढिलाइ हुँदा चौथोपटक थपिएको अवधिमा पनि विमानस्थल पूरा हुन नसकेको हो ।

चिनियाँ निर्माण कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले २०२० डिसेम्बर ३१ सम्मका लागि निर्माणको समयावधि पाएको थियो । तर निर्माण सम्पन्न नहुने देखेपछि अघिल्लो साता नै म्याद थपका लागि आयोजनालाई निवेदन दिएको आयोजना प्रमुख प्रवेश अधिकारीले बताए । चौथोपटकको म्याद सकिए पनि निर्माणस्थलको काम भने निरन्तर अगाडि बढेको छ । विमानस्थलको आईसीपी १ को शिलान्यास २०१५ जनवरीमा भएको थियो ।

Batas

२०१८ जुन ८ मा सक्नेगरी सम्झौता भए पनि विभिन्न कारणले आयोजनाको म्याद थपिँदै गएको छ । विमानस्थलको हालसम्मको भौतिक प्रगति ९३ प्रतिशतभन्दा बढी भएको आयोजना प्रमुख अधिकारीको भनाइ छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.