www.tandavnews.com
Fact ~ In search of truth

एभरेष्ट बैंकको १०० औँ शाखा चितवनको हाकिम चोकमा

पोखरा ।

एभरेष्ट बैंक लिमिटेडले चितवनको हाकिम चोकमा नयाँ शाखा विस्तार गरेको छ ।

समाजमा रहेको ठुलो तथा फैलिएको वर्गलाई अत्याधुनिक बैकिंग सेवा र सुबिधाहरु उपलब्ध गराउने उद्देश्यसहित बैंकले आफ्नो १०० औं शाखाको विस्तार गरेको हो ।

Batas

नयाँ शाखाको एभरेष्ट बैंक लि। का प्रमुख कार्यकारी अधिकृत जी.के. नेगी र नेपाल उद्योग वाणिज्य संघ, चितवनका अध्यक्ष राजु श्रेष्ठले संयुक्त रूपमा उद्घाटन गरे ।

उद्घाटन समारोहमा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत जी.के. नेगीले उद्घाटन समारोहको मन्तव्यमा हाकिम चौक क्षेत्रका बासिन्दाहरूलाई उच्च गुणस्तरको सम्पुर्ण अत्याधुनिक बैकिंङ सेवा प्रदान गराउने आश्वासन दिएका छन् ।

यस बैंकमा हालसम्म ११ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेको बैंकले जनाएको छ । देशैभरि छरिएर रहेको आफ्नो १०० शाखा संजाल, प्रादेशिक कार्यालयमार्फत , १३२ एटीएम बुथ सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंग सुविधा प्रदान गर्दै आइरहेको छ ।

बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ । बैंकले यसअघि घोराही, दाङमा २०७७ पौष १५ गते आफ्नो ९९ औं शाखा स्थापना गरेको थियो ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.