www.tandavnews.com
Fact ~ In search of truth

सरकारले थाल्यो निर्वाचन सुरक्षाको तयारी

काठमाडौं ।

गत पौष ५ गते संसद विघटन गरी २०७८ बैसाख १७ र २७ गते निर्वाचनको मिति घोषणा गरेको सरकारले प्रतिनिधिसभा निर्वाचनको सुरक्षा तथा तयारी समिति गठन गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचनको मिति घोषणा गरेसँगै सरकारले त्यसको तयारी तीव्र पारेको हो । प्रधानमन्त्री ओलीको परामर्शमा गृहमन्त्री रामबहादुर थापाले गृहमन्त्रालयका प्रवक्तासमेत रहेका सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख चक्रबहादुर बुढाको संयोजकत्वमा समिति गठन गरेका हुन् ।

Batas

समितिमा निर्वाचन आयोग, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सहसचिव सदस्य रहने जनाइएको छ । गृहमन्त्रालयका शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाका उपसचिव प्रेमला लामिछानेलाई समितिको सदस्य सचिव तोकिएको छ ।

समितिलाई सुरक्षा संवेदनशिलताको आधारमा जिल्लागत विवरण, मतदान स्थल, मतदान केन्द्र, निर्वाचन विरोधीहरुका गतिविधिको समीक्षा र सुरक्षा निकायको जिम्मेवारी र भूमिकालगायतका विषयमा विवरण तयार पार्न निर्देशन दिइएको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.