www.tandavnews.com
Fact ~ In search of truth

शिक्षा पत्रकार समूह गण्डकी संयोजकमा ‘केशवशरण लामिछाने’

पोखरा ।

शिक्षा पत्रकार समूहले सबै प्रदेशमा संयोजक तोकेको छ । समूहको २१ साउनमा बसेको कार्यसमिति बैठकले संस्थाको प्रदेश कमिटी गठनका लागि संयोजक तोक्ने निर्णय गरेको हो ।

बैठकले गण्डकीको संयोजकमा पोखराका केशवशरण लामिछानेलाई चयन गरेको छ । यस्तै प्रदेश १ मा राधा खनाल (झापा), प्रदेश २ मा दिपेन्द्र सिंह (जनकपुर), बागमती प्रदेशमा ध्रुब अधिकारी (हेटौडा), प्रदेश ५ मा मनोज पौडेल (कपिलबस्तु), कर्णाली प्रदेशमा कलेन्द्र सेजुवाल (सुर्खेत) र सुदूरपश्चिम प्रदेशमा शिवराज भट्ट (धनगढी)लाई संयोजक चयन गरेको छ ।

Batas

दुई दशकदेखि शिक्षा बीट, खोज र अनुसन्धानमा क्रियाशिल समूहले प्रदेश कमिटीलाई प्रक्रियागत ढंगले पूर्णता दिइने कार्यसमिति बैठकले निर्णय गरेको छ ।

२०७६ फागुन ५ मा सम्पन्न २० आँै साधारणसभाले समूहलाई प्रादेशिक संरचनामा लैजाने निर्णय गरी त्यसका लागि आवश्यक प्रक्रिया पूरा गर्न पूर्वअध्यक्ष सुदर्शन घिमिरेको संयोजकत्वमा विधान संशोधन कार्यदल गठन गरेको थियो ।

त्यस्तै, बैठकले शिक्षा बिटमा कार्यरत÷काम गर्न इच्छुक युवा एवं उर्जावान पत्रकारहरुका लागि शिक्षा पत्रकार समूहको नयाँ सदस्यता पनि खुला गर्ने निर्णय गरेको छ । शिक्षा पत्रकार समूह स्थापनाको २० वर्ष पुगेको अवसरमा बितेका दुई दशकका शैक्षिक मुद्दा, शिपसका पैरवी र उपलब्धीबारे पुस्तक प्रकाशन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.