www.tandavnews.com
Fact ~ In search of truth

प्रदेश स्तरीय लोक गायनमा उत्कृष्ट ५ जना छानिए

पोखरा,
ताण्डव न्यूज ।

प्रदेश स्तरीय लोक गायन प्रतियोगितामा पाँच जना छनोट भएका छन् ।

छनोट हुनेमा कास्कीका उमेश अधिकारी र आयुष परियार, नवलपुरका अर्जुन सापकोटा ,गोर्खाका पवन श्री परियार, बाग्लुङका रेशम निर्दोष रहेका छन् ।

Batas

स्याङ्जा का नेत्र खड्का र तनहु को रेणु रेलामि मगर बैकल्पिक छनोटमा परेका छन् । पोखरा उद्योग वाणिज्यसंघको हलमा भएको कार्यक्रममा प्रदेश ४ का ९ वटा जिल्लाबाट २२ जनाको सहभागीता रहेको थियो ।

छनोट भएका कलाकारले आगमी असार १४ र १५ गते राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रीय समितिको आयोजनामा हुने खुल्ला लोक गायन प्रतियोगितामा सहभागी हुनेछन् ।

विजेताले नगद एक लाख रुपैयाँ, स्कुटर र अन्य आकर्षक पुरस्कार पाउनेछन् । छनोटमा परेका कलाकारलाइ प्रमाणपत्र प्रदान गरिएको थियो भने प्रतियोगी कलाकारलाइ सहभागीता को प्रमाणपत्र प्रदान गरियो ।

प्रतियोगिताको निर्णायक मा प्रदेश न.४ का संयोजक तारापती सुवेदी, प्रतिस्ठान केन्द्रीय कमिटीको संस्थापक कोषाध्यक्ष शान्ति गुरुङ र संगीतकार नबराज बराल रहेका थिए ।

राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिस्ठान नेपाल अञ्चल कार्यसमिति गण्डकी र धौलागिरी को आयोजनामा भएको छनोट कार्यक्रमको उद्घाटन प्रदेश ४ को सामाजिक विकास मन्त्री नरदेवी पुनले गरिन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.