www.tandavnews.com
Fact ~ In search of truth

पाेखरा-१३द्धारा मालेपाटन क्वारेन्टिनमा रहेका व्यक्तिहरुलाई खाना तथा खाजा सहयाेग

सुशान्त गाहा मगर
पोखरा,ताण्डव न्यूज ।

कोरोना कहरलाई अन्त्य गर्न विभिन्न ठाउँमा क्वारेन्टिनको स्थापना गरिएको छ । पोखरा महानगरपालिकाले समेत संस्कास्पद र अन्यत्र स्थानबाट आएका व्यक्तिहरुलाई राख्नका लागि पोखरा ५, मालेपाटन स्थित वाराही माध्यमिक विद्यालय र कृषि विकास निर्देशनालय लगायतमा क्वारेन्टिन बनाई भारत तथा अन्य मुलुकबाट आएकाहरुलाई राख्दै आएको छ ।

पछिल्लो समय यी दुई क्वारेन्टिनमा ४० जना, महानगरका कर्मचारी र सुरक्षाकर्मी २४ गरी कुल ६४ जना रहेका छन् । उनीहरुलाइ अहिले पोखरा महानगरपालिका वडा १३ ले खाना तथा खाजा सहयाेग गरेकाे छ । ‘खानाको राम्रै प्रतिक्रिया दिनुभएको छ’, पोखरा १३ का वडा अध्यक्ष दर्शन लामाले ताण्डव न्यूजलाई भने, ‘हामीले खाजा र खाना गरी दिनमा चार पटक ल्याईपुर्याउछौ । विहान ६ बजेपछि खाजा ल्याउछौ । १० बजे खाना अनि २ बजेपछि दिउँसोको खाजा र बेलुकी ६ बजे खाना ल्याउने गरेका छौ ।’

Batas

उनले यी दुई क्वारेन्टिनमा खाना खुवाउन लागेको सात दिन भैसकेको बताउदै अझै ८ दिन सरकारी बजेटमै खाना खुवाउने बताए । ‘हामीले आज ६६ सेट खाना ल्यायौ, यो भनेको १० हजार बरबर पर्न जान्छ, उहाँहरुले पहिले खाको भन्दा कैयौं गुणा सस्तो पर्न जान्छ ।’ अध्यक्ष लामाले भने ।

उनले उक्त दुई क्वारेन्टिनमा खाना खुवाउनका लागि महनगरको सम्बन्धित व्यवस्थापकिय टिमलाई कैयौ पटक अनुरोध गरेपछि मात्रै खाना खुवाउन अवसर मिलेको बताए । ‘हामीले खाना खुवाउछौ भन्दा वास्ता थिएन, अध्यक्ष लामाले भने, ‘निशुल्क खुवाउछौ भनेपछि मात्रै हामीले खाना खुवाउन पाएका हौं ।’

अध्यक्ष लामाले खाना तथा खाजा सो क्वारेन्टिनमा पुर्याउन जाने क्रममा बाटो भेटिएका बटुवा तथा असहाय व्यक्तिहरुलाई समेत वितरण गर्दै आएको बताउदै यस अघि १५ दिन निशुल्क खानाको व्यवस्था समेत गरिएको जानकारी दिए ।

यता सुरक्षाका लागि खटिएका ससत्र प्रहरी नायव निरिक्षक तिर्थ बहादुर बुढाथोकीले पहिलेको खाना भन्दा स्वादिष्ट र समयमै ल्याएकोले क्वारेन्टिनमा रहेका सबै खुशी रहेको बताए । ‘क्वारेन्टिनमा रहनुहुने सबै खानाप्रति खुशी नै हुनुहन्छ । यहाँ आउने जाने त भैरहेको छ, अहिले चाँही २१ जना हुनुहुन्छ, उनले भने, ‘अरु महानगरका कर्मचारी र बाँकी हामी सुरक्षाकर्मी छौ, सबै ठिकै छ ।’

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.