www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा प्रथम अन्तर्राष्ट्रिय महिला स्वास्थ्य सम्मेलन हुने

पोखरा
ताण्डव संवाददाता ।

नारी दिवसको अवसरमा प्रथम अन्तर्राष्ट्रिय महिला स्वास्थय सम्मेलन पोखरामा हुने भएको छ । १०८ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा कार्यक्रम हुने भएको हो ।

महिला शसक्तिकरण नेपाल, ब्याक प्याकिङ्ग फर बेटी संस्थाको आयोजनामा पर्यटन व्यवसायी महिला संघ र थ्री सिस्टर्स एडभेन्चरर्स ट्रेकिङ्गको संयोजनमा साथै नेपाल स्टडि यूनिभर्सिटी अफ मेक्सिको र रोटरी क्लव अफ पोखरा अन्नपूर्णको सयुक्त रुपमा प्रथम अन्तर्राष्ट्रिय महिला स्वास्थ्य सम्मेलन यही फागुन २५ गते आयोजना हुने भएको छ ।

Batas

सम्मेलनले विभिन्न क्षेत्रमा संलग्न महिलाहरुले महिनावारीको आफ्नो अनुभव र सामाजिक प्रचलन विषयमा कार्यपत्रहरु प्रस्तुत गर्ने छन् ।

कार्यक्रममा महिला हिंसा विरुद्ध ‘वाल अफ होप’पेन्टिङ, ‘बेचिएकी’ शीर्षक फिल्म, महिनावारी सम्बन्धि नाटक सहित भिडियो प्रस्तुत गरिने छ । सम्मेलनमा पोखराका १० विद्यालयबाट ५० जना विद्यार्थी र शिक्षक, स्याङ्जाबाट ५ विद्यालयका १५ जना विद्यार्थी र शिक्षकको सहभागिता रहने जनाइएको छ ।

महिला शसक्तिकरण नेपाल संस्थाले विगत दुई दशक देखि किशोर किशोरी र महिलाहरुको विभिन्न सामाजिक सवालहरुमा काम गर्दै आइरहेको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.