पोखरा
ताण्डव न्यूज ।
नेपाल विद्यार्थी संघका ४ जना विद्यार्थीलाई वडा प्रहरी कार्यालय वैदामले मंगलबार पक्राउ गरेको छ । नेवि संघका केन्द्रीय सदस्य भानु ढकाल, विद्यार्थी नेताहरु विधान लामिछाने, गोविन्द नेपाली र सागर सापकोटालाई चिप्लेढुंगाबाट पक्राउ गरिएको वैदाम प्रमुख तथा डिएसपी नविन कार्कीले बताए ।
मुख्यमन्त्री कार्यालयको गाडीका चावि नियन्त्रणमा लिएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको डिएसपी कार्कीले बताए । नेवि सघले आफ्नो विद्यार्थी नेताको रिहाइको माग गर्दै गण्डकी प्रदेशमा कुनै पनि सेतो प्लेटको गाडी चल्न नदिने घोषण गरेका थिए । सोही विरुद्ध अन्तरगत उनीहरुले चावि नियन्त्रणमा लिएका थिए ।

माघ १९ गते पोखरा महानगरको बा १ झ ५८७९ नम्बरको गाडी आगजनी गरेको आरोपमा कास्की प्रहरीले नेविसंघ पोखरा विश्व विद्यालयका सभापति डिफान भुजेल, ला ग्राण्डि कलेज सभापति विनय पौडेल, पोखरा विश्व विद्यालयका पुर्व सभापति राजेन्द्र बराल, नेविसंघ कार्यकर्ता परशुराम बस्नेत र लक्ष्मी प्रसाद पौडेललाई पक्राउ गरेको थियो ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.