www.tandavnews.com
Fact ~ In search of truth

हिमपातका कारण बिद्युत र संचार सेवा बन्द

संजय रेग्मी ,
पर्वत /ताण्डव न्यूज ।

हिमपातका कारण बिद्युत प्रशारण तथा वितरण लाईनमा क्षती भएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको बिद्युत र संचार सेवा बिगत ६ दिनदेखि अबरुद्ध भएको छ । हिमपातले गाउँपालिकामा जोडिएको केन्द्रिय प्रशारण लाईन र स्थानीय तातोपानी साना जलविद्युत आयोजनाको विद्युत लाईनमा क्षति पुर्याएको छ ।

गाउँपालिकाका बिभिन्न स्थानमा बिद्युतीय पोलहरु, ट्रान्समिटर लगायतमा हिउँ जमेर पोलहरु पल्टिनुका साथै तार समेत चुँडिएका कारण गाउँपालिकाको प्राय सबैजसो बस्तीहरुमा विद्युत सेवा अबरुद्ध बनेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष पौडेलले बताए । बिद्युत सेवा अवरुद्ध हुँदा संचार सेवा समेत बन्द भएको छ ।

नेपाल टेलिकमको रिपिटर टावर रहेका ठाउँमा विद्यूत आपूर्ति बन्द हुँदा सञ्चार सेवा समेत प्रभावित बनेको पौडेलको भनाई छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.