www.tandavnews.com
Fact ~ In search of truth

चितवनमा जलपंक्षीको गणना शुरु, चार दिनसम्म गनिने

चितवन ।

चितवनमा आजदेखि जलपंक्षीको गणना शुरु भएको छ । बर्ड एजुकेशन सोसाइटी सौराहको आयोजनामा गरिने गणनामा जलमा आधारित चराहरुको गणना गरिने छ ।

भण्डारादेखि लोथर जिन्दानी घाटसम्म, जिन्दाजी घाटदेखि सौराहा कसरा र लामिताल तमोर तालसम्म चार दिन चरा गणना गरिने आयोजकले जनाएको छ ।

Batas

चितवनको सिमसार क्षेत्र चराहरुका लागि उपयुक्त स्थान भएकाले रैथानेदेखि हजारौँ माइल यात्रा गरी बाहिरबाट समेत चराहरु आउने गर्दछन् । विश्वका विभिन्न २७ वटा देशमा पनि आजदेखि चरा गणना भैरहेको छ ।

नेपालमा २०५३ सालदेखि चरा गणना गर्न थालिएको हो । हाल नेपालमा ८ सय ८७ प्रजातिका चराहरु पाईन्छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.