www.tandavnews.com
Fact ~ In search of truth

अमेरिकी राष्ट्रपति ट्रम्पले गरे आफ्ना सबै कदमको बचाउ

काठमाडौं,
ताण्डव न्यूज ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संसद भवनमा हिंसात्मक आक्रमणअघि आफूले गरेको सम्बोधनको बचाउ गरेका छन् ।

आफ्ना समर्थकलाई संसद भवनमा प्रवेश गरि चुनावको नतिजा उल्ट्याउन उक्साउने गरि गरेको भाषणको बचाउ गरेका हुन् । उनले आफूले गरेको सम्बोधन पूर्ण रुपमा जायज र उचित रहेको दावी समेत गरे । ट्रम्पले सो भाषणाको क्रममा आफ्ना आक्रोशित तथा हतियारसहित आएका समर्थकलाई संसद भवनमा घुस्न सुझाव दिएका थिए ।

Batas

त्यसपछि ट्रम्प समर्थकहरुले तल्लो र माथिल्लो सदनको संयुक्त शत्र जारी रहेका बेला संसद भवनमा आक्रमण गरेका थिए । नोभेम्बर ३ मा भएको चुनावमा विजयी जो बाइडेनको जितलाई आधिकारिकता प्रदान गर्नबाट रोक्ने प्रयासमा ट्रम्पले आफ्ना समर्थकलाई उक्साएको बताइएको छ । संसद भवनमा बिद्रोहका लागि उक्साएको अभियोगमा तल्लो सदनमा डेमोक्र्याटहरुले भने राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पेश गरेका छन् ।

यसैबीच, तल्लो सदनमा महाभियोग प्रस्ताव पेशभएसँगै उनले केहि स्थानमा संकटकाल लागू गरेका छन् । तल्लो सदनमा महाभियोग प्रस्तावमाथि आज मतदान हुने तयारी छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.