www.tandavnews.com
Fact ~ In search of truth

पोखरा फाइनान्सको लाभांश पारित

पोखरा,
ताण्डव न्यूज ।

पोखरा फाइनान्सको २४औं वार्षिक साधारण सभाले लाभांश पारित गरेको छ ।

सभाले आर्थिक वर्ष २०७६/०७७ सम्मको सञ्चित मुनाफा तथा जगेडा कोषबाट प्रतिसेयर ५ प्रतिशतका दरले बोनस सेयर र प्रतिसेयर ०.२६३ प्रतिशतका दरले नगद लाभांश गरी कुल ५.२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बोनस सेयर वितरण पश्चात् वित्तीय संस्थाको चुक्तापुँजी ९६.३१ करोड पुगेको छ ।

Batas

सभाले आव २०७७ / ०७८ को लेखापरीक्षक नियुक्त गर्नुका साथै अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने÷गाभिने वा प्राप्ति गर्ने विषयमा आवश्यक सहमति र सम्झौतालगायत कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङले जानकारी दिए ।

पोखरा फाइनान्सले आधुनिक प्रविधियुक्त बैकिङ सेवा तथा सुविधामा विशेष ध्यान दिँदै ग्राहक सेवालाई निरन्तर रुपमा चुस्त दुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना रहेको पनि वित्तीय संस्थाले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.