www.tandavnews.com
Fact ~ In search of truth

पोखराबेसी सहकारीले गर्यो बाग्लुङ बसपार्कमा सरसफाई

पोखरा ।

पोखरा महानगर स्थित पोखराबेसी बहुद्धेस्यीय सहकारी संस्थाले बाग्लुङ बसपार्क आसपास क्षेत्रमा शनिबार सरसफाई कार्यक्रम गरेको छ ।  संस्थाको सामाजिक उत्तरदायित्व अन्र्तगत पोखरा बसपार्क क्षेत्रको सरसफाई कार्यक्रम गरिएको संस्थाका सचिव कृष्णप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

सरसफाई कार्यक्रममा उपस्थित सबैलाई संस्थाका कोषाध्यक्ष राजु बरालले धन्यबाद ज्ञापन गरे । उक्त कार्यक्रमा संस्थाका सम्पूर्ण कर्मचारी सञ्चालकहरु र शेयरधनि समेतको उपस्थिती रहेको थियो ।

Batas

संस्थाका अध्यक्ष नारायण पहारीको अध्यक्षतामा गरिएको कार्यक्रमको संयोजन कृष्ण तिमिल्सीनाले गरेका थिए ।  संस्थाको आर्थिक वर्ष २०७७/७८को वार्षिक कार्यक्रममा पोखराका सार्वजनिक स्थलहरुमा सरसफाई गर्ने योजना बमोजिम उक्त कार्यक्रम गरिएको उनले बताए ।

सहकारीले विन्ध्यवासिनी मन्दिर क्षेत्र, सराङ्कोट, फेवाताल र पदेलीस्थित फेवा पर्यटन पार्क समेत सरसफाइ गर्ने कार्यक्रम राखिएको संस्थाका प्रवन्धक उत्तम सेवक कार्कीले जानकारी दिए ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.