काठमाडौंँ ।
संयुक्त राज्य अमेरिकाको ग्लोबल पिस युनिभर्सिटीले सञ्चारउद्यमी शम्भु पोखरेललाई अन्तरराष्ट्रिय अर्थशास्त्रमा मानार्थ विद्यावारिधि उपाधि प्रदान गरेको छ । विकासोन्मुख देशको अन्तरदेशीय व्यापार घाटा कम गर्न भूमिका निर्वाह गरेवापत उनलाई सो उपाधि प्रदान गरिएको हो ।
र्वल्ड ट्रेड ग्रुप नेपालका अध्यक्ष पोखरेललाई शनिबार भारतको चण्डिगढमा सो विद्यावारिधि उपाधि प्रदान गरिएको हो । पोखरेल सिइओ क्लब ग्लोबलका एशिया क्षेत्र हेर्ने सिइओका साथै बिजनेस टेलिभिजनलगायत संस्थाको व्यवस्थापनमा संलग्न छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.