काठमाडौँ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप २७० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार ४५० पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ४०३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ६४ हजार १३७ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २ हजार १ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३ हजार ३१२ रहेको छ ।
© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.